दोलखा । भुकम्पपछिको पुननिमार्णमा संलग्न एक मजदुरको बिहिबार करेन्ट लागेर ज्यान गएको छ ।
ज्यान जानेमा ठाकुरबाबा नगरपालिका–२, बर्दियाका अन्दाजी ३२ बर्षिय रमेश वि.क रहेका दोलखा प्रहरीले जनाएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्बर ५ जमजुत्ताका रामजी श्रेष्ठको घर निमार्ण गरीरहेको अवस्थामा रड सिधा सोझ्याउन लाग्दा रडले नजिक रहेको बिजुलीको तारमा छोएपछि करेन्ट लागेर घाईते भएका वि.कलाई उपचारका लागि चरिकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता रमेश प्रधानले जानकारी दिनुभयो ।
मृतकका परिवारलाई राहत स्वरुप घरधनी रामजी श्रेष्ठ र घर निमार्णका ठेकेदार बिनोद भुजेलले १ लाख ५० हजार रुपैँया राहत र मृतकको शव निजको घरमा पु¥याउँदा लाग्ने खर्च दिने सहमति भएको प्रहरीले जनाएको छ । सहमतिपछि शवको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा पोष्टमार्टम गरी आजै बर्दिया पठाउने तयारी भएको छ ।
बिहान करिब ११ बजे घटना भएको भएपनि मृतकका आफन्तले राहतको माग गर्दै शव पोष्टमार्टम गर्न मानेका थिएन्न । वि.क गत फागुन महिनामा पुननिमार्णको कामका लागि दोलखा आएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।