भद्रपुर । नेपाल दशनामी समाज झापा र झापाका नगर तथा गाउँपालिकाले संयुक्त रुपमा हिन्दूहरुका गुरु शंकराचार्यको १२३० औ जन्मजयन्ती मनाएका छन् ।
समाजले बिर्तामोडमा शुक्रवार आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण दशनामीहरुले उनको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै उनको जन्मजयन्ती मनाएको हुन् ।
समाजका जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष एलवहादुर गिरी, बिर्तामोड नगर कमिटिकी उपाध्यक्ष जानुका गिरी, र जिल्ला अध्यक्ष गिरीले मन्तब्य राखेका थिए ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष खिलबहादुर गिरी, कोषाध्यक्ष पार्वता गिरी, बिर्तामोड नगर कमिटि अध्यक्ष अर्जुन गिरी, सचिव उद्धव पुरी, मिलन गिरी, राजन गिरी, रणबहादुर गिरी, क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष शिवलाल गिरी, कृष्णकुमार गिरी, दलबहादुर गिरी, मेचीनगर अध्यक्ष ध्रुव गिरी, अर्जुनधारा नगरका अध्यक्ष होमनाथ पुरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव पदमबहादुर पुरी ‘प्रकाश’ ले गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।