कालीवहादुर मल्लकालिकोट ।
यहाँ पाकेर भित्र्याउने बेलाको गहुँ र जौ बाली असनिापानीले सखाप भएपछि कृषकहरु भोकमरी निम्तिने चिन्तामा परेका छन् । जिल्लाका खँडाचक्र नगरपापालिका,सान्नीत्रीवेणी,नरहरीनाथ गाउपालिका लगाएतमा पाकेर काट्ने बेला भएको गहुँ ०७४ चैत २७ गतेको असिनापानीले सोत्तर पारेपछि खद्यन्न संकट हुने भएको हो ।
जिल्लाको विभिन्न गाउपालिकावाट पठाएको क्षती विवरण अनुसार एउटा स्थानीय तहमा मात्र ९ सय २७ हेक्टरमा लगाएको तरकारी, ४ सय ८६ हेक्टरमा लगाएको फलफूल, १ सय ६२ हेक्टरमा लगाएको गहुँ, जौ बाली (कुल १२ हजार ९ सय ६२ मेटिक टन) को अनुमानित मूल्य १२ करोड ९ लाख ६४ हजार ८ सय १० रुपैयाँबराबर क्षति भएको उल्लेख छ ।
हिउँदको सुक्खाबाट गहुँ बचाउन रातभरि नसुती खानेपानी पाइपबाट सिँचाइ गरे । बाली पनि राम्रै थियो ।
तर, पाकेर काट्ने बेला भएको गहुँ गत चैत २७ गतेको असिनापानीले सवै लियो पारेपछि ‘१२ बोरा गहुँ फल्ने जग्गामा यसपालि दुई बोरा पनि भित्र्याउन पाइएन । खेतबारीमा गरेको दुस्ख खेरै गयो,’ भन्छन खाडाचक्र १ निवासी धनसिंह पाण्डे ।
असिनाले खाँडाचक्रका वडा नं. ३ ताडी, वडा नं. ११ बरातुु, बदालकोट र जिम्जेडी, वडा नं. ४ दलित टोल, वडा नं. १ र २ मान्म र पोरीपाल्नी, कालिका–१ मा पर्ने छाती, नरहरिनाथका कोटबाडा, कुमालगाउँ, रुप्सालालु तथा माल्कोट, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका केही वडामा असिनाले गहँु, जौ, मसुरो र तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।