टंकराज अधिकारी, पोखरा
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो चरणको कार्यक्रममा अन्नपुर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण दिवस (जुन ३ तारिख) को अवसरमा अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्गमा ‘अन्नपूर्ण म्याराथन’ सहित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन जेठ २० मा घान्द्रुकमा हुदैछ । अन्नपूर्ण आधार शिविर (एबीसी) बाट घान्द्रुकसम्म म्याराथन हुने भएकोे आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
अन्नपूर्ण आधारशिविरबाट आरम्भ भई ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुँइल,े टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर समापन गरिनेछ ।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले विश्वमै पहिलोपल्ट सन् १९५० मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मतिमा उक्त दिवस मनाइन्छ ।
म्याराथनको लागि प्राविधिक टोलीले अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको महोत्सवका अध्यक्ष ललित गुरुङले बताए । म्याराथनबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले महोत्सवको तेस्रोचरण अन्तर्गत म्याराथन आयोजना गरेको जनाए ।
म्याराथनमा १ सय ५० विदेशी एवं नेपाली धावकले सहभागिता जनाउने आशा लिएको उनले सुनाए । ‘यो म्याराथन दौड प्रतियोगिता मात्रै होइन,’ उनले भने, ‘जीवनमा एकपल्ट अनुभव लिनैपर्ने विषय हो ।’
म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैया“ पाउनेछन् । सान्त्वना स्वरुप १० धावकलाई पुरस्कृत गर्ने छ । म्याराथनका टेक्निकल डाइरेक्टर खड्ग रानाभाटका अनुसार जेठ १५ मा धावकलाई पोखराबाट घान्द्रुक लगिनेछ । जेठ १६ मा छोम्रोङ, १७ मा हिमालय र १८ मा एबीसी पु¥याइने छ । जेठ १९ मा धावकलार्ई आराम गर्ने समय दिइनेछ । जेठ २० मा एबीसीबाट दौडेर घान्द्रुक आइपुग्नुपर्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।