यमलाल भुसाल, बुटवल ।
व्यापार मेला महोत्वसवले आक्रान्त भएका जनतालाई छुटै पहिचान दिन गरी प्रदेश नम्बर ५ मा पहिलो पटक नेपाल घरेलु तथा साना उद्योग महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा ३ दिने रोजगार मेला २०७५ हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र अन्तराष्ट्रिम श्रम संगठन (आईएलओ)को आर्थिक सहयोगमा मेला हुने भएको हो ।
बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि यही बैशाख २१, २२ र २३ गते बुटवल मण्डपमा हुने मेलाको तयारी पुरा भएको महासंघका अध्यक्ष कन्हैयालाल कसौधनले बताउनु भयो ।
स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्दै युवाहरुलाई आर्कषित गर्ने लक्ष्यसहित मेला आयोजना गरिने भएको आयोकले बताएका छन । मेलावाट जिल्लामा रहेका उद्योग ,व्यापार ,कृषि र होटलमा आवश्यक पर्ने रोजगारदातालाई फम भराई उनिहरुलाई आवश्यक पर्दा सम्र्पक गराउन सकिने गरि महासंघले मध्यस्थताको काम गरेको बताईएको छ ।
मेलामा रोजगारदाता र रोजगार लिने ब्यक्तिको प्रत्यक्ष भेटघाट हुने महासंघको प्रदेश नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद पाठकले बताउनु भयो ।
मेलामा दुई फरक किसिमका डेक्सहरु राखिने छ । एउटामा रोजगारदाता र अर्को रोजगार दिनेहरुलाई जानकारी दिने डेक्सहरु हुने छन । जसले गर्दा पनि रोजगारदाताले आफनो आवश्यकता अनुसारको फरक फरक क्षेत्रमा स्थान पाउने छन । मेलाबाट छनौटमा परेका २ सय जनाले दक्षता अभिवृद्धि गर्ने तालिमको अवसर प्राप्त गर्ने छन ।
यसैगरि मेला अवधिमा रुपन्देहीका उद्योग र दक्ष जनशक्तिको अवस्था चित्रण गर्ने गरि दक्ष जनशक्तिको माग र अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिने अध्यक्ष कसौधनले बताउनु भयो ।
पाँच नम्बर प्रदेश उद्योग, पर्यटनका लागि समेत एउटा अवसर भएको भन्दै यसका लागि जनशक्तिको खाचो रहेको उहाँले बताउनु भयो । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कार्यक्रमको उद्घाटन गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष धु्रव धिताले बताउनु भयो ।
महासंघको प्रदेश नम्बर ५ का अध्यक्ष पाठकले विदेश पलायन भएका युवाहरुलाई रोक्ने उद्देश्यका साथ प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भयो । ३ दिन चल्ने मेलामा १ सय ५० उद्योगी र आठ सय रोजगार खोज्ने युवाहरु आउने आयोजकको अपेक्षा रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।