काठमाडाैँ : फिल्मबाट भन्दा पनि प्रियंका कार्कीलाई अहिले विज्ञापनले मालामाल बनाएको छ । उनले, एक अन्तरराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गरेको २ बर्षमा २० लाख भारुमा संझौता भएको बताइन् । प्रियंका कार्कीले यदि २० लाख भारु लिएकी हुन् भने उनी विज्ञापनमा काम गर्ने सबैभन्दा महंगो कलाकार बनेकी छिन् ।
प्रियंकाको हातमा विज्ञापनको अभाव छैन । उनले अब चाडै एउटा मदिरा कम्पनीको विज्ञापनका लागि पनि २० लाख नेपाली रुपैयाँमा संझौता गर्न लागेको खबर फैलिएको छ ।
विज्ञापनबाट मालामाल बनिरहेकी कार्कीको फिल्ममा अभिनय भने छरपष्ट छ। अफर आएका जति जस्ता भूमिकामा पनि उनले काम गरिरहेकी छिन् । उनका लागि सबै भूमिका फिट छन् । सानो, ठूलो, मुख्य, केमियो जस्ताे पनि भूमिका गरेर उनले अाफूलाइ अहिलेकी व्यस्त नायिकाकाे रूपमा अाफूलाइ चिनाएकी छिन् ।
प्रियंका सम्बन्धको कारणले पनि फिल्ममा काम गर्नुपर्ने कारण देखाउँछिन् । तर, उनी सम्बन्ध भन्दा पनि पैसाको पछि दौडिएको कुरालाई नकार्न पनि सकिदैन । एकै साथ उनका ४ वटासम्म फिल्म हलमा लागेका छन् । अरुको नामबाट हिट भएका फिल्मको क्रेडिट लिएर प्रियंका कहिलेसम्म मख्ख पर्ने हुन् त्यो उनले नै जानुन !
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।