यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर ५ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयारी गरिरहेका बेला बिभिन्न क्षेत्रबाट कृषि, पर्यटन, हाईड्रो र सडक सञ्जाललाई उत्पादनसंग जोड्न सुझाब दिएका छन ।
पहिलो बजेट भएकाले जग नै बलियो बनाउनुपर्ने उनीहरुको कथन छ ।
प्रदेश सरकारलाइ करिब १५ अर्ब ४२ करोडको बजेट सिलिङ केन्द्रले दिएको छ । त्यसमा प्रदेशको राजश्व सङ्कलनको दायरा अनुमान गरेर करिब २० अर्बको बजेट सरकारले ल्याउने प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताउनु भयो ।
योजनाको पहिलो बर्ष भएकाले आगामी बजेट अनुमान गरेर बन्नेछ, प्रदेश सरकार, स्थानीय सरकार, नीजि क्षेत्र, सहकारी सबैको सामूहिक रुपमा अघि बढ्नुपर्नेछ ।’
श्रेष्ठले भन्नु भयो —एक क्षेत्रको समृद्धिले मात्र हुदैन ,प्रिबजेट डिस्कसन सरकारले संसदमा छलफल गर्छ त्यो बजेट आउनुभन्दा १ महिना अघि हुन्छ ।’
श्रेष्ठका अनुसार बजेटका लागि ७ मन्त्रालयबाट इन्पुट मागेका छौँ , सहभागितामुलक ढंगले बजेट बन्छ ,स्थीतिपत्र नै आधारमा बेस हो, संभाबनाहरुका बिचमा प्रदेश सरकार अघि बढ्छ ।’
कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद माओवादी केन्द्रका प्रमुख सचेतक माधव शर्माले प्रदेशको विकास र आर्थिक सम्वृद्विका लागि कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।
उहाँले कृषिलाई पहिलो र पर्यटनलाई दोश्रो प्राथमिकतामा राखेर प्रदेशको विकास गर्न सकिने बताउनु भयो ।
उहाँले प्रदेश सरकार र संघीय सरकारले भन्सारबाट हुने चोरी निकासी, राजश्वमा हुने चुहावटलाई रोकेर आम्दानीको श्रोत बढाउनुपर्ने बताउनु भयो ।
एमालेका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशको नामकरण अविलम्ब गरी नामैले पनि बिकासको छनक दिने बताउनु भयो ।
श्रेष्ठले कृषिमा आधारित व्यावसायिकता जरुरी रहेको भन्दै युवाहरुलाइ कृषि,रोजगारप्रतिको मोह जगाउने नीति बनाउनुपर्ने बताउनु भयो ।
‘आर्थिक समृद्धिका लागि पर्यटकीय गन्तब्य पहिचान गरेर अघि बढ्नुपर्छ केन्द्रीत बसाइ सराइ रोकौं ,भुगोल सुहाउदो ब्यबसायीकतालाइ अघि बढाउनुपर्छ ।’
अर्का सांसद अष्टभुजा पाठकले प्रदेशको अभिवृद्घिका लागि सरकारले स्पष्ट जनतामुखि नीति ल्याउनुपर्ने बताउनु भयो ।
प्रदेश सरकारले ल्याएको नीतिमा धेरै कुरा छुटेकाले विकासमा समस्या आउने दावी गर्दै उहाँले सबैको सहभागिता र एकतामा मात्र प्रदेशको सम्वृद्वि सम्भव रहेको औल्याउनु भयो ।
प्रदेशको समग्र विकास गर्न सरकार र नीजी क्षेत्र मिल्नुपर्ने बताउनु भयो । डाक्टर बाबुराम ज्ञवालीले कृषि, पर्यटन, हाइड्रोको विकाससंगै शिक्षा, स्वास्थ्य र यातायात क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उहाँले बढी महत्वाकांक्षी भएर बढी राजश्व उठाउन नहुने बताउदै नेपाल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुरेन्द्र श्रेष्ठले प्रदेश र समग्र देशको सम्वृद्विका लागि लगानी भित्राउनुपर्ने र त्यसका लागि सरकारले नीजि क्षेत्रलाई आर्क्र्षित गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कांगे्रस नेता छन्दबहादुर पहराई, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायतले बोल्दै प्रदेशको आर्थिक सम्वृद्विका लागि खर्च कम गरेर आम्दानीका श्रोतहरुको पहिचान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
प्रदेश सरकारले जेठ अन्तिम हप्ता नीति तथा कार्यक्रम र असार १ गते वजेट ल्याउने जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।