धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका १० पेउघा की ३८ बर्षिया खिमा खड्का यति बेला मृत्युसँग लडिरहेकी छन् ।
दुवै मृगौला फेल भएर राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा डायलोसिस गराईराखेकोले सहयोगको लागी परिवारले सबैसँग अनुरोध गरेको छ । खिमाका श्रीमान फौंदसिह खड्काले आफ्नी श्रीमतीको ज्यान बचाई दिन सहयोगका लागी सबैसँग आग्रह गरेका छन् ।
कलिलो उमेरकी खिमालाई बिरामी भएको अवस्थामा स्वास्थ्य उपचार गर्न काठमान्डौको शिक्षण अस्पतालमा पुर्याइएपछि मृगौला फेल भएको पत्ता लागेको हो । शिक्षण अस्पतालमा खर्च तिर्न नसक्ने भएपछि खिमालाई तुल्सीपुर ल्याइएको हो ।
यतिबेला डायलोसिस गराइरहेकी उनलाई सहयोग गर्न उनका परिवार आफन्तजन सबैले सहयोगी मनहरुलाई अनुरोध गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।