काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय नेपाली चलचित्रका नायक नाट्यकर्मी वर्ष सम्मान २०७४ द्वारा सम्मानित भएका छन् ।
कलाकारहरुको हकहितका लागि स्थापित नाट्यकर्मी महासंघ काभ्रे शाखाले बुढाथोकीले कलाक्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको हो । नायक बुढाथोकीलाई प्रदेश सभा काभ्रे क्षेत्र नं. ३ का सभासद बसुन्धरा हुमागाईले बनेपामा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सभासद हुमागाईले आफ्नोतर्फबाट कलाक्षेत्रको उत्थानका लागि सक्दो पहल गर्ने बताए । हुमागाईले आफूले निर्वाचन ताका बोलेका हर कुरा अनि प्रतिवद्धता पुरा गर्न आफू तत्पर रहेको समेत बताए ।
कार्यक्रममा नाट्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष विजय विष्फोट, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, कलाकार तथा चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का लगायतले कलाक्षेका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे चर्चा गर्दै यसको संवद्र्धनका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले निती तथा नियम निर्माण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारीका केन्द्रिय सदस्य नवराज बजगाई, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, नृत्य निर्देशक संघ नेपालका जिल्ला अध्यक्ष मोहन तौजले, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य शर्मिला श्रेष्ठ, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला उपाध्यक्ष विक्रम गौतम, राष्ट्रिय संगीतकर्मी संघका जिल्ला सचिव दिनेश लामा, कलाकार विजेश श्रेष्ठ, उरा डान्स एण्ड म्युजिक थियटर गृहिणी महिला समूहका अध्यक्ष रिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा गायक एमकुमार मल्ल, शशीशेखर बुढाथोकी, शर्मिला श्रेष्ठ, सावित्री मगर, सविता ढुङ्गाना, हाँस्य कलाकार भगवान खत्री, कलाकार निर्देशक कमल दाहाल, भोला दाहाल, सबिना हुमागाई, नृत्यकार आश्मा खत्री लगायतले मनोरञ्जनात्मक प्रस्तुति पस्केका थिए ।
संथाका आजीवन सदस्य राजेन्द्र केसीले स्वागत गरेको कार्यक्रम सनम सुवालले संचालन गरेकी थिइन् । कार्यक्रम संस्थाका अध्यक्ष अमरकृष्ण चन्दले गरेका थिए । स्मरण रहोस संस्थाले यस अघि वरिष्ठ रंगकर्मी पंकज चित्रकार, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटालाई सम्मान गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।