काठमाडौं । सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपामा आवद्ध मेचीनगर ८ निवासी २६ वर्षीय स्मृति रिजाल रहेको झापा जिल्लाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । पक्राउ परेकी रिजाल नेकपा मेचीनगरका न्याय विभाग प्रमुख रहेको प्रहरीको भनाई छ ।
पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ । आइतबार बिहान करिब ३ बजे मेचीनगरपालिकास्थित सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा सकेट बम विष्फोट भएको थियो ।
उक्त बमले सुर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको बसमा क्षति पुगेको छ । सोही बसमा विस्फोट गराएको आरोपमा रिजाल पक्राउ गरेको प्रहरीको दावी छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।