काठमाडौं । गत बैशाख २८ गते बिवाह बन्धनमा बाधिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाहपछि पहिलोपटक सँगै मिडियामा देखिएका छन् ।
निकै रमाइला गर्ने बल्छि धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमार्इला पलहरु सेयर गरेका छन् ।
सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो । यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन् ।
बल्छि धुर्बेले ६ बर्षअघि लमजुङ जाँदा करुणालाई देखेका थिए । पछिबाट फोन नम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको बताएका छन् ।
[youtube https://www.youtube.com/watch?v=WRpO4_AlFMk]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।