लमजुङ । बेसीशहर नगरपालिकाले आफ्नो क्षेत्र भित्र राजश्व संकलन कार्यलाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । नगरपालिकामा जिआईजेडद्वारा सञ्चालन गर्ने कार्यक्रममाफर्तन सो अभियानल सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाले बेसीशहरमा एक छलफल कार्यक्रमको आयोजना गरी सो जानकारी दिएको हो । उक्त अभियानलाई जिआईजेडद्वारा सञ्चालित सिडीमनी कार्यक्रमले सहजीकरणमा गर्ने भएको हो । सो कार्यक्रममाफर्त नगरपालिकालाई राजश्व उठाउने कार्ययोजना निर्माण गर्न सघाउने भएको हो ।
नीति र विधिका आधारमा नगरबासी सबैलाई करको दायरामा ल्याउने नगरपिालकाका प्रमुख गुमानसिंह अर्यालले बताउनु भयो । उहाँका अनुसार नगरपालिकालाई समृद्ध बनाउन राजश्व कार्ययोजना निर्माण गर्न लागिएको हो । उहाँका अनुसार त्यसका लागि नगरपालिकाले राजश्वको दायरलाई वैज्ञानिक बनाउने तयारीमा नगरपालिकाका जुटेको छ ।
नगरपालिकाले राम्रो योजना बनाएर कार्यान्वयन गरेमा आन्तरिक आयवृद्धि भई विकास निर्माणमा सहयोग पुग्ने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताउनुभयो । कार्यक्रममा शेररमण न्यौपानेले कार्यपत्र प्रस्ततु गदर्ै नगरपालिकाले प्रभावकारी रुपमा राजश्व कार्ययोजना निर्माण गरी अघि बढेमा साँढे दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सक्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक लक्ष्मदेवी अधिकारी‚ जिआईजेड/सिडिमुन कार्यक्रम प्रमुख प्रमुख निराजन सुवेदी‚ जिआईजेडका अरुण श्रेष्ठलगायत सरोकारवालाले भाग लिएको थिए । उक्र कार्यक्रमको सहजीकरण बेसीशहर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष दनाईले गर्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।