काठमाडौं । वाम गठबन्धन घोषणा गरेर चुनावमा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटित भएका छन् । लामो समय उतारचढावमा रहेको एकता प्रक्रियाले आज पूर्णता पाउन लागेसँग दुवै पार्टीले आ–आफ्नो पार्टी विघटन गरेका हुन् ।
केही समयपछि बालुवाटारमा बस्ने दुवै पार्टीको संयुक्त बैठकले ॅनेकपा कम्युनिष्ट पार्टी’ पार्टी गठन गर्दैछन् । पार्टी गठनसँगै आजै निर्वाचन आयोगमा दल दर्ता हुँदैछ । प्रचण्ड र ओली निर्वाचन आयोगतिर लागेको सहकर्मी मधुसूदन रायमाझीले जानकारी दिएका छन ।
पार्टी विघटन गर्न एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो । दुई दलले ॅनेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने कार्यक्रम रहेको छ । यद्यपि‚ नेपाल कम्युनिष्ट पार्टी नाम रहेको अर्कै पार्टी निर्वाचन आयोगमा दर्ता भएकोले आजै दर्ता हुनेमा भने द्विविधा रहेको छ ।
आयोगमा समस्या आएका नेकपाको पछाडि केही शब्द थप्ने विकल्पमाथि छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।