काठमाडाैँ । चलचित्र ‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र यसअघि जेठ ४ गते प्रदर्शन हुने भनिएको चलचित्र निर्माता सङ्घको आन्दोलनको कारण पर सारेको थियो । यति बेला निर्माण टिमले नयाँ प्रदर्शन मिति तय गर्दै दोस्रो ट्रेलर रिलिज गरेको छ ।
चलचित्रलाई सफल केसी र प्रतीक गुरुङले संयुक्तरुपमा निर्देशन गरेका हुन् । चलचित्रमा विपिनसँगै निता ठाकुर, कमलमणी नेपाल, थिन्ले ल्होमो,लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत, सुनिशा बजगाँइ लगायतका कलाकारको अभिनय रहेको छ ।
यस फिल्ममा विपिन जिजुबा, हजुरबुवा, बुवा र छोराको चार चरित्रमा देखिँदैछन् । ‘चारवटै चरित्रको भूमिका भिन्न छ तर नाम चाहिँ हरि नै हुन्छ । जिजुबाजे र हजुरबुवाभन्दा हरिको बुवा जँड्याहा र मांसहारी हुन्छ,’ विपिनले भने, ‘बाबुको बानीबाट आजित भएकी आमाले छोरा हरिलाई प्रणामी बनाउँछिन् । बावु बिग्रेपछि छोरालाई पनि बावुजस्तो नबनोस् भनेरै आमाले शाकाहारी बनाउँछिन्।’
फरक चरित्रमा देखिने मात्र होइन, त्यो चरित्रलाई दुरुस्त निर्माण गर्ने खुबी भएका विपिन कार्कीले यस फिल्ममा हरिलार्इ कत्तिकाे न्याय गरेका छन् त्याे त केही समयमा थाहा भर्इ नै हाल्छ ।
[youtube https://www.youtube.com/watch?v=kaGRZTaLRsY]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।