ललितपुर । सैबु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा नवराज कुवँर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उहाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः दीपक थापामगर, विशुराम थापा, किशोरकुमार कुवँर,रामेश्वर थापा र वीरेन्द्र थापा निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा नारायण थापा, भगवती थापा, निरु कुवँर,घनश्याम थापा, विनोद कुवँर, दलबहादुर अछामी, शुदर्शन कुवँर, रामचन्द्र थापा र गंगादेवी खड्का निर्वाचित भएका छन् ।
खानेपानी डिभीजन कार्यालयका प्रमुख हरिदत्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा समाजसेवी दामोदर खड्का, श्रीवालकुमारी सिर्जना क्लबका अध्यक्ष शालिकराम कुवँर ,अध्यक्ष कमलभक्त केसी लगायतले बोल्नुभएको थियो ।
(अनिवार्य)
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।