काठमाडौँ । युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि खेल्ने भएको छ । होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे छायाँकनमा व्यस्त अनमोले हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् ।
फिल्म ‘क्याप्टेन’ सकेपछि झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचल बन्टी’ मा व्यस्त हुनेछन् । सुप्रसिद्द म्युजिक कम्पनि ‘वल्र्डवाइड रेकर्ड्स’ लिमिटेड कम्पनिले हिन्दी फिल्म निर्माण गर्दैछ । जसमा अनमोलले खेल्ने भएको हो । भारतीय दैनिक पत्रिका हमरा महानगरले अनमोलको बलिउड डेब्यु बारे छापेको समाचारको स्क्रिन सट अनमोलले आफ्नो फेसबुकमा सेयर गरेर बलिउड फिल्म खेल्ने पुष्टि गरेको छ ।
अनमोल केसीले डेब्यु गर्ने हिन्दी फिल्मलाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिने स्रोतले जनाएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।