काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका निर्माता तथा कलाकार सन्तोष सेनको आगामी फिल्मको नाम फाइनल गरिएको छ । निर्माता सेनको आफ्नै छ वर्षिया छोरा आयुब सेनको मुख्य भुमिकामा रहँने फिल्मको नाम ‘मेरी मामु’ राखिएको छ ।
निर्माता सेनका अनुसार यो फिल्मले आमा छोराको सम्बन्धलाई पर्दामा प्रस्तुत गर्नेछ । निर्माता सेनको यो चौथो फिल्म हो । आमा र छोराको कथामा बन्ने यो फिल्ममा निर्माता सेनका छोरा अयुव सेनको मुख्य अभिनय रहनेछ । यसै फिल्मको लागि आयुव सेनले विगत छ महिनादेखि अभिनय पनि सिकिरहेका छन् ।
निर्माता सेनका अनुसार चाँडै पत्रकार सम्मेलन गरेर फिल्मका सम्पुर्ण टिम चिनाउनेछन् । निर्माता सेनले चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २ फिल्म निर्माण गरिसकेका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।