टंक सुनार
रुपन्देही, बैसाख १० । रुपन्देहीको देवदहमा स्कुल बसले ठक्कर दिदा १८ महिने बालकको ज्यान गएको छ । आइतबार विहान स्कुल जान लागेकी दिदीको पछि लागेका देवदह विर्ताका संयोग पाण्डेलाई नारायणी पब्लिक स्कुलको लु.अ.अ.चै २९६८ नम्बरको बसले ठक्कर दिएको थियो । बालकको घटना स्थलमै ज्यान गएको देवदह प्रहरी जानकारी दिएको छ ।
प्रहरीका अनुसार बालकलाई बसको पछाडीको भागले किचेको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।