काठमाडाैं । बरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकाटालाई जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँको सिस्नेपानी धाराको पानी खुवाइएको छ । अक्सिजन लगाएरै हेलीकोप्टर मार्फत घर ल्याइएका देवकोटाले केही दिन अघि मात्रै घर जाने र सिस्नेपानी धाराको पानी खाने इच्छा ब्यक्त गरेका थिए ।
उनकै इच्छा अनुसार छोरी सिलुले सिस्नेपानी धाराबाट थापेर ल्याएको पानी उनले खाएका हुन् । देवकोटाको घरबाट सिस्नेपानी धारा पाँच मिनेटको दुरीमा पर्ने स्थानीय आशिष देवकोटाले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।