काठमाडौं । सरकारको चरम लापरपाहीका कारण संघीय संसदको बैठक स्थगित भएको छ ।
सरकारले विनियोजन विधेयकमाथिको छलफलका लागि आवश्यक पर्ने तयारी नगरेका कारण संसद वैठक प्रभावित भएको हो । सभामुख कृष्णबहादुर महराले विशेष कारणभन्दै बैठक स्थगित गरेका हुन् ।
सरकारले विनियोजन विधेयकअन्तर्गत आवश्यक पर्ने कितावहरू संसद सचिवालयलाई उपलब्ध गराउन नसकेका कारण संसद बैठक स्थगित भएको बुझिएको छ । संसद सोमबारसम्म स्थगित भएको हो ।
संसदको आइतबारको बैठकमा सांसदहरूले विशेष समयमा धारणा राखेका थिए ।
विशेष समय सकिनेवित्तिकै सभामुख महराले संसद बैठक सोमबार बिहान ११ बजे बस्ने गरेर स्थगित गरेका हुन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।