गंगा बराल, काठमाडौं । मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचन जित्नुभएका सांसद् विरोध खतिवडाले आइतबारको संसद् बैठकमा सभामुखको अपमान गर्नुभएको छ ।
तत्कालीन नेकपा एमालेको तर्फबाट उहाँले निर्वाचन जित्नुभएको हो ।
विशेष समय छुट्याइएको ३ मिनेटभित्र सांसद् खतिवडाले ९ पटक सभामुख शव्द उच्चारण गर्नुभयो तर ‘सम्माननीय’ सट्टा ‘माननीय सभामुख’ मात्र भनेर सम्वोधन गरेपछि सांसद् तथा कर्मचारीहरु चकित भए । खतिवडाले ढुंगा, गिटी र वालुवाको अनियमितताको विषय सदनमा उठाउनुभएको थियो ।
खतिवडाले यसअघि संसद्मा बोल्दा पनि माननीय नै भन्नुभएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई सम्माननीय भनेर सम्वोधन गरिन्छ । खतिवडा २०४८, २०५१ र २०५६ सालमा पनि प्रतिनिधि सभाको सांसद् हुनुहुन्थयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।