रामधन राई, खोटाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ निवासी ५६ वर्षीय इवे विश्वकर्मालाई पाँच बर्षको कैद फैसला गरिएको छ । गत बर्षको साउन २८ गते जबरजस्ती करणी गरेको आरोपमा पीडित पक्षले प्रहरीलाई उजुरी दिएकोमा खोटाङ जिल्ला अदालतले सोमबार पाँच वर्षको कैद फैसला सुनाएको हो ।
तत्कालै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको आरोपित बिश्वकर्मालाई न्यायधिश किशोर घिमिरेको इजालसले सो फैलसा सुनाएको अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।