काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारकाे फिल्म ‘ट्वाइलेट– प्रेम कथा ‘ गत वर्षबाट नै प्रदर्शन आएको हो । उक्त फिल्म चीनमा रिलिज भएको छ ।
अक्षयको ‘ट्वाइलेट’ले चीनमा नयाँ रेकर्ड राख्न सक्ने अपेक्षा राखिएको छ । चीनमा चलचित्रको नाम ‘ट्वाइलेट एक प्रेम कथा’ बाट ‘ट्वाइलेट हिरो ‘ राखिएको छ । फिल्म ट्वाइलेटले भारतको बक्स अफिसमा १३५ करोड लाइफटाइम कलेक्शन गरेको थियो। फिल्ममा अक्षयको साथमा भूमि पेडनेकरको मुख्य भूमिका रहेका छन् ।
फिल्म श्रीनारायण सिंहको निर्देशनमा बनेको छ । फिल्म वास्तविक घटनामा आधारित रहेर बनाइएको हो ।२०१८ मा चीनमा बलिउड फिल्महरू ‘बजरंगी भाइजान’, ‘दंगल’, ‘हिन्दी मिडियम’, ‘सेक्रेट सुपरस्टार’, र ‘बाहुबली–२’ रिलिज भएका थिए । जसमा क्षयको फिल्म ‘ट्वाइलेट–एक प्रेम कथा’ छैटौँ बलिउड फिल्म हो ।
फिल्मलाई चीनमा रुचाइएपछि अभिनेता अक्षय कुमारले ट्वीटरमार्फत दर्शकलाई धन्यवाद दिएका छन्।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।