डोटी, (नेस)
शनिबार सर्पले डसेर ज्यान गुमाएकी अछाम तुर्माखाद गाउपालिका ४ जुया गाउकी १८ वर्षीया पार्वती बुढाको शव अछाम प्रहरीले बुधबार उत्खनन गरेको छ । सर्पले डसेर ज्यान गएपछि उनको शव आफन्तले गाडेका थिए ।
पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिनुभयो । उहाँले भन्नुभयो– ‘पोष्टमार्टम नगरीकनै सव गाडेको खबर हामीले पायौ र कानुनी प्रक्रिया पु¥याउन सव ल्याएका हौ ।’
प्रहरीले गाडेको पार्वतीको शव उत्खनन गरेर जिल्ला अस्पतालमा ल्याउँदै गरेको छ । प्रहरी प्रमुख तन्डुकारले भन्नुभयो– ‘प्राकृतिक मृत्युबाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव ल्याएका हांै, अन्यथा केही हैन ।’
महिनावारी भएका बेला शनिवार राती पार्वती र उनकी बहिनी छाउगोठमा सुतेको बेला सर्पले डसेको थियो । पार्वतीको शव मंगलसेनस्थित जिल्ला अस्पतालमा पोष्टमार्टम गरिनेछ । सर्पले डस्दा समयमै उपचार नपाउदा उनको घटनास्थलमै ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।