काठमाडौं, (नेस) । सरकारी कोटामा कोरिया पठाउने आश्वासन दिएर ठगेको अभियोगमा प्रहरीले लमजुङका मीनवहादुर थापा र जोसेफ श्रेष्ठलाई बुधबार पक्राउ गरेको छ ।
थापा र श्रेष्ठले कोरीया पठाइदिने बाहनामा नौ जना व्यक्तिबाट ७९ लाख ६५ हजार आठ सय रुपैंया ठगी गरेको अनुसन्धानबाट खुल्न आएको हो । काठमाडौंको पुतलीसडकबाट पक्राउ परेका उनिहरुलाई कारवाहीको लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर, काठमाडौ पठाइएको केन्द्रिय अनुसन्धान व्यूरोले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।