भद्रपुर, (नेस)
वडा प्रहरी कार्यालय भद्रपुरले ५ लाख मूल्य बरावरको १२ सय किलो चाइनिज स्याउसहित गाडी नियन्त्रणमा लिएको छ । विर्तामोडबाट भद्रपुर तर्फ विना विल लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले भद्रपुरको देवीवस्तीबाट मङ्गलबार साँझ गाडीसहित सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुचनाको आधारमा गएको प्रहरीले गाडी नियन्त्रण्मा लिएर सोधपुछ गर्दा आधिकारिक भ्याट विल नपाइएपछि स्याउ राखेर लैजादै गरेको मे १ च २५५२ नम्बरको छोटा हात्ती र भद्रपुर ५ का चालक २८ वर्षिय अशोक राजवंशीलाई समेत नियन्त्रणमा लिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए । बरामद गरिएको सामानसहित आवश्यक कार्वाहीका लागि बुधवार मेची भन्सार कार्यालय काकडभिट्टा पठाइएको इन्सपेक्टर जबेगूले जानकारी दिए ।
पछिल्लो पटक झापाको दक्षिणी क्षेत्रमा स्याउको तस्करी बढेर गएको छ । चाइनाबाट नेपाल हुदै भारत तर्फ दैनिक स्याउ तस्करी भइरहेको प्रहरीलाई सूचना आएपछि निगरानी बढाएको प्रहरीले सफलता हासिल गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।