काठमाडाैँ। अभिनेता सबिन श्रेष्ठ एक भोजपुरी चलचित्रका लागि अनुबन्धित भएका छन् । उनी ‘नमस्ते लन्डन’ नामक चलचित्रमा अनुबन्धित भएका हुन् ।
उनकाे याे दाेस्राे भोजपुरी चलचित्र हाे । ‘निरहुवा चलल लन्डन’बाट सबिनले भोजपुरी चलचित्रमा डेब्यु गरेका थिए । सबिनका अनुसार चलचित्रको गत शनिवार मुम्बईमा एक कार्यक्रम बिच औपचारिक निर्माण घोषणा गरिएको हाे । चलचित्रमा ‘निरहुवा चलल लन्डन’का निर्माता सोनु खत्रीले निर्माण गर्नेछन् भने उक्त चलचित्रका निर्देशक चन्द्र पन्तले नै निर्देशन गर्दैछन् ।
चलचित्र नमस्ते लन्डनमा सबिनको साथमा भोजपुरी स्टार प्रदिप पाण्डे, क्रिटिना, सोनालिका प्रसाद, अमित शुक्ला, देव सिंह लगायतका कलाकारको अभिनय रहने छ । हाल सबिन यसै चलचित्रका लागी आफ्नो शरीर बनाउन मेहनत गरिरहेका भन्ने जानकारी अाएकाे छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।