साउन १७ सुनवल । सुनवल नगरपालिकाको स्थानिय तहको दोस्रो निर्बाचन पश्चात नेकपा एमाले जिल्ला संगठन कामितिको शानिबार पार्टी कार्यलय परासीमा जिल्ला संयोजक तुल्सी पासीको अध्यक्षता , पार्टीका केन्द्रिय सदस्य बैजनाथ चौधरीको प्रमुख अतित्थ्यतामा भएको निर्बाचनको समिक्षात्मक बैठक जारी भैरहेको अवस्थामा जिल्ला सदस्य एवम सुनवल नगर संयोजक बिमला आर्याल ,जिल्ला सदस्य राजन आचार्यको योजना अनुसार बैठक कक्ष बहिर केहि उंश्रृखल युवाजत्थाहरुलाइ भेला गराइ बैठकलाइ प्रभाव पार्नेगरी होहल्ला , नाराजुलुस गरिएको र सो बिषयलाइ लिएर आजको सप्ताहिक पत्रिका परासीपत्रमा “अन्तरघातीलाइ कारबाहीको माग गर्दै पार्टी कार्यलय घेराउ ” शिर्षकमा नाम किटान गरी प्रकाशित भएको समाचारप्रति जिल्ला सहसंयोजक थानप्रसाद गैरे ,क्षेत्र नं ४ का क्षेत्रीय उपाध्यक्ष उमानाथ पोख्रेल, क्षेत्र नं ४ का क्षेत्रीय कमिति सदस्य तारा अचार्य ,अखिल नेपाल माहिला संघ क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष सिता टिमिल्सेना ,युवा संघ नेपाल क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष चुरामणी गैरेद्धरा हस्ताक्षरित प्रेस बिज्ञाप्ति मार्फत अपत्ति प्रकट गर्दै घोर भ्रत्सर्ना गरिएको छ ।
पार्टीभित्र रहेको वास्तबिकता बुझि संगठनको मर्मअनुसार अगाडि बढने प्रक्रिया हुदाहुदै पत्रिका मार्फत गलत र भ्रामक सामाचार प्रचारप्रसार गरिएकोले पार्टीलाइ हुने क्षतीको पुर्ण जिम्मेबारी सम्बन्धित ब्यक्तिहरु नै हुने र अनबरत प्रचारबाजी गरी सर्बजानिक रुपमा राजनैतिक जिवन नै समाप्त पार्न खोज्ने गतिबिधिप्रति चुप लागेर नबसि गलत गतिबिधिहरुको भण्डाफोर गर्ने साथै कपोलकल्पित ,भ्रामक र राजनितिक चरित्र हत्या गर्ने सबै क्रियाकलापहरुप्रति डटेर समना गर्ने प्रेस बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।