संखुवासभा, (नेस)
संखुवासभाको तुम्लिङटारमा अबैध रुपमा लुकाई ल्याएको सुन र चादी सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खादवारी नगरपालीका १० का कमल बहादुर विस्वकर्मा र धरान उपमहानगरपालीका १७ का अर्जुन विस्वकर्मा रहेका छन ।
उनिहरुको साथबाट ६ तोला ३२ लाल सुन र १ किलो ७ सय ९८ ग्राम चादी बरामद गरिएको प्रहरी नायव उपरिक्षक श्यामसारु मगरले बताउनु भयो । उनिहरु सुनसरीको धरानबाट संखुवाभसाको खादवारी तर्फ सुन र चादी लुकाई ल्याउदै गर्दा उनिहरुलाई खादवारी नगरपालीका ९ स्थित गिद्धेमा चेक जाच गर्ने क्रममा पक्राउ गरिएको बताईएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवस्यक कारवाहिकोलागी पूर्वाञ्चल क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाईएको प्रहरीले जनाएको छ ।
यसैबीच संखुवासभाको चिचिला गाउपालीकामा अविरल वर्षा पछि खोलामा आएको वाढीले बगाएर एक जनाको मृत्यू भएको छ । सिलिचोङ गाउपालीका ४ का ३६ बर्षिय मनकुमार राई चिचिला गाउपालीका स्थित हाडी खोला तर्ने क्रममा बाढीले बगाएको थियो ।
खादवारी बाट घर तर्फ गएका राईलाई खोला तर्ने क्रममा बगाएको र उनलाई मृत अवस्थामा १ सय मिटर तल खोलाको बगरमा भेटिएको प्रहरी नायव उपरिक्षक श्यामसारु मगरले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।