हेटौंडा, (नेस)
उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई वडालाई प्रदेश–३ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । १० वर्षअघि प्रारम्भ गरिएको अभियानले सबै सूचक प्राप्त गरी पूर्णता पाएको हो ।
फाखेलमा आयोजित कार्यक्रममा गाउँपालिका वडा–४ र ५ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बालमैत्री वडा घोषणा गर्नुभएको हो ।
कार्यक्रमले बालमैत्री स्थानीय शासन प्रणालीका लागि गाउँपालिकाको साबिक फाखेल गाविसले बालमैत्री स्थानीय शासनका सूचकहरुमा ९५ प्रतिशत पूरा गरेको दाबी गरिएको थियो । जसअनुरुप सूचकहरुको शत्प्रतिशत नजिक पुगेको तथ्यांकअनुसार फाखेलले घोषणा समारोह गरेको गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो ।
कार्यक्रमा मकवानपुर–२ सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य माधव पौडेल, पूर्वजिविस सभापति वीरबहादुर लामा, संविधानसभा सदस्य सुभास ठकुरी, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, उपप्रमुख भगवती पुडासैनी र नेपाल पत्रकार महासंघ काठमाडौं अध्यक्ष सन्तराम बिडारीलगायतको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा विभिन्न जातीय सँस्कृतिअनुसार झाँकी प्रदर्शन, साँस्कृतिक नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा बालमैत्री वडा घोषणा गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।