अर्जुन बोहरा, हुम्ला ।
सुत्केरी बेथाले थलिएकी हुम्ला चंखेली गाउपालिका ३ पालिगाउ निवासी २५ बषिर्य कल्पना रोकायाको शनिबार दिउसो हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएको छ ।
शनिबार अपरान्ह ५ बजेर १ मिनेटमै बच्चा जन्माउन सफल भएको जिल्ला अस्पताल हुम्लाका प्रमुख डा.रन्जितकुमार यादवलाई उधृत् गर्दै अनमि सरीता बोहराले बताउनुभयो ।
शुक्रबारदेखि सुत्केरी बेथा लागे पनि परिवारको आर्थिक अवस्था नाजुक हुँदा हेलिकप्टरबाट चार्टर गरि सिमकोटमा पु¥याउनुपरेको पारिवारिक स्रोतले बताएको छ ।
सिमकोटमा रहेको अस्पताल पुग्न तिनदिन पैदल हिड्नुपर्ने भएकोले प्रदेश सरकारले हवाई एम्बुलेन्स सहयोग गरेको सुत्केरी रोकायाका श्रीमानले बताउनुभयो । सुत्केरी र बच्चाको स्वास्थ्य अबस्था राम्रो भएको अनिमी बोहराले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।