नेपाल समाचारपत्र, डोटी
नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष गएर शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घट्ने अपराध लाई न्यूनिकरण गर्ने उदेश्यका साथ डोटीमा शनिबार बाट टोलटोलमा प्रहरी अभियान सुरु भएको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाका ११ वटै वडाहरुका सबै टोलटोलहरुमा सचेतना दिनका लागि प्रहरीहरु परिचालनका लागि टोली समेत गठन गरिएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । नागरिक मैत्री प्रहरीको रुपमा नेपाल प्रहरीको छबिलाई विस्तार गरी गाँउघरमा हुने अपराधका घटनाहरुको बारेमा कानुनी सचेनता तथा उजुरी गर्ने प्रकृयाका बारेमा जानकारी दिन टोलटोलमा प्रहरी अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक निर्पबहादुर बोहराले जानकारी दिनुभयो ।
शनिबार बाट सुरु गरिएको उक्त अभियान असारको २५ गतेसम्म जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाका सबै वडाका सबै टोलटोलमा पुगि सचेतना अभिबृद्धि गरिने प्रहरी निरिक्षक बोहराले बताउनु भयो । त्यसका लागि एक टोलीमा दुई जना रहने गरी ११ टोलीका २२ जना प्रहरीलाई खटाईने भएको छ ।
टोलटोलमा पुगी प्रहरीले सम्भावित अपराध, कानुनी प्रकृया र उजुरी गर्ने तरिकाका बारेमा विद्यालय, समुदायिक स्थरमा रहेका आमा समूह, विभिन्न क्लबहरु तथा समुदायिक सस्थाहरुलाई भेला गराई सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानिय स्थरमा जनप्रतिनिधीहरु संग समन्वय गरी पर्चा पम्पलेट सहित समस्या परेमा कहाँ जाने आफ्ना समस्याहरु कसरी राख्ने र कानुनी उपचारको बाटो कसरी खोज्ने भन्ने बिषयमा जानकारी दिने सहितको कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
साउनपछि जिल्लाका सबै स्थानिय तहमा समेत यो कार्यक्रम सन्चालन गरि न्याय सम्पादन प्रकृयामा सहज हुने विस्वास लिएको उनको भनाइ छ । पछिललो समयमा जाड रक्सीका कारण घरलु हिंसा तथा महिला हिंसाका घटनाहरु बढी रहेको प्रहरीको भनाइ छ । यसरी यो अभियान प्रभावकारी ढंगले सञ्चालन गरेमा गाँउघरमा हुने हिसांका घटनामा समेत कमी आउने जयपृथ्बी नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले जानकारी दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।