अनिल खत्री, गुल्मी
गुल्मीमा लिची उत्पादनमा कमी आएपछी किसान चिन्तीत भएका छन् । लिची खेलीले चिनिदै आएको जिल्लाको रुरु गाउँपालिका वडा नम्बर १ स्थित च्यूरेक,थोर्गा थानपती लगायतका स्थानमा किसानले लगाएको लिची उत्पादनमा कमी आएसँगै चिन्तीत भएका छन् ।
पछिल्ला केहि वर्ष यता लिची उत्पादनमा व्यवासायिक रुपमा लिचीखेती तर्फ लागेका किसानहरु यो वर्ष भने असिना पानीले लिची खेतीमा क्षती पुर्याए पछी मारमा परेका छन् । गएको बैखाखमा परेको असिना पानीले फल लागेका लिची सबै झारिदिएपछी किसानहरु मर्कामा परेका हुन् ।
असिना पानीले झण्डै १ करोड वढिको लिची नष्ट भएको लिची तथा तरकारी सम्बन्धी समिति च्यूरेक फलफुल तथा तरकारी समुहका संयोजक युवराज ज्ञवालीलले बताए । यो वर्ष निकै फल लागेको थियो संयोजक ज्ञवालीले भने ‘अघिल्लो वर्ष भन्दा उत्पादन वढि भएको थियो तर असिना पानीले गर्दा सबै नष्ट गरिदियो ।’अघिल्लो वर्ष त्यस स्थानबाट झण्डै ९० लाख वढिको लिची बिक्री भएको च्यूरेक फलफुल तथा तरकारी समुहका संयोजक ज्ञवालीलले बताए । बारि भरि ५० भन्दा वढि लिची लगाएका ज्ञवालीले अघिल्लो वर्ष लिची बेचेर ९० हजार भन्दा वढी बिक्री गरेको बताए । यो वर्ष ज्ञवालीले सबै बोटबाट बिक्री गरे ५ हजार जति पर्ने बताए ।
यो वर्ष केहि नयाँ बोटमा पनि फल लागेको थियो ज्ञवालीले भने ‘उत्पादनमा बृद्धि हुने थियो तर असिना पानीले क्षती पुर्याउदा मर्कामा पार्यो ।’ ज्ञवालीले लिची उत्पादनसँगै लिचीका कलमी मार्फत बिरुवा समेत उत्पादन गर्दै आएका छन् । अघिल्लो वर्ष झण्डै ८ सय बिरुवा उत्पादन गरेका ज्ञवालीले यो वर्ष झण्डै ४ सय बिरुवा उत्पादन गरेको बताए । यो वर्ष लिचीको बोटमै ५० रुपैयाँ किलो देखि ७० रुपयाँ सम्ममा बोटमै पुगेर किन बेच हुँने गरेको छ । केहि मात्रमा बोटमा लिची रहेकाले खासै बिक्री गर्न पनि किसानले रुची देखाउने गरेका छैनन् ।
अलिअलि मात्रै बोटमा छन् लिची किसान कृष्ण पौडेलले भने ‘परपाहुना आउने गर्दछन् चखाउने र केहि पाहुर मै सकिने थाल्यो ।’ एउटै बोटबाट ८० हजार रुपैयाँमा बिक्री गरेका किसान पौडेलले यो वर्ष केहि थप नयाँ बोट लगाउने सोचमा रहेको बताए ।बिदेसबाट फर्केका पौडेलले लिची खेती तर्फ आकर्शित भएका छन् । उनले बिदेशमा बगाउने पसिना नेपालमै बगाए केहि गर्न सकिने भन्दै स्वदेशमै कृषि खेती तर्फ लाग्ने बताए । उनले लिची खतीकै भरमा घरखर्च चलाउने गरि खेतीपाती गर्दै आएको भएपनि असिना पानीले क्षती पुर्याएपछी निकै समस्या परेको बताए ।
त्यस स्थानमा टेक बहादुर बिश्वकर्माले झण्डै ५ लाखको लिची बक्रिी गर्दै आएका थिए । तर असिना पानीले लिचीमा क्षती पुर्याएपछी उनि पनी चिन्तीत छन् । उनि त्यस स्थानका धेरै लिची उत्पादन गर्ने किसान हुन् । बिश्वकर्मासँगै मित्र ज्ञवाली, गोपाल ज्ञवाली पनि त्यस स्थानमा धेरै लिची उत्पादन गर्ने कृषकमा चिनिन्छन् । अघिल्लो वर्ष १ लाख ५० हजार भन्दा वढि लिची बेचेकी च्यूरेककी भारती बिकले यो वर्ष भने कतिपनि बिक्री गर्न नपाएको बताइन् । उनले यो वर्ष धेरै फल लागेकाले २ लाख भन्दा वढि लिची उत्पादन हुने सोच राखेको बताइन् । यो वर्ष त बिक्री गर्न नै पाएनौ किसान भारती बिकले भनिन् ‘सबै बोट रित्तै छन् निकै दुखित बनाएको छ ।’ बारि भरिनै लिचीका बोट लगाएकी भारित बिकले उत्पादनमा कमी आएपछी चिन्तीत बनाएको बताइन् ।
जिल्लाको रुरु गाउँपालिका च्यूरेकमा ०३६ सालबाट लिची खेतीको सुरुवात गरिएको स्थानियवासी बताउँछन् । लिची उत्पादनलाई सघाउन गुल्मीमा ४ वर्ष यता लिची महोत्सव गरिदैँ आएको छ । लिची उत्पादन हुँने क्षेत्र रुरुको च्यूरेकमा असार २ गतेलाई लिची महोत्सव गरिदैँ आएको थियो र तर यो वर्ष भने किसानहरुले उत्पादन नै नभएपछी लिची महोत्सव नगरेको बताए ।
अघिल्ला वर्ष जिल्ला कृषि बिकास, तत्कालिन जिबिसी र जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुखहरुलाई बोलाएर लिची महोत्सव गरिदैँ आएको च्यूरेक तरकारी तथा फलफुल समितीका संयोजक युवराज ज्ञवालीलले बताए । लिची खेतीको प्रचार प्रसार गर्नका लागि पछिल्लो केहि वर्ष यता महोत्सव गरिदैँ आएको बताए ।लिची महोत्सवमा आउने पाहुलाई लिची खुवाउने खेती बारे अबलोकन गराउने तथा पाहुर स्वरुप लिची दिने गरिदैँ आएको बताए । यो वर्षको असार २ गते भने महोत्सव नगरिएको ज्ञवालीले बताए र
रुरु गाउँपालिकाको च्यूरेक लगायतका स्थानमा झण्डै २ सय भन्दा वढीले घर छेउ र बारिमा लिची लगाएका छन् । लिची लगाएपछी खासै केहि गर्नु नपर्ने र लगाएको केहि वर्षमै उत्पादन दिनेभएपछी किसानहरु यो खेती तर्फ आकर्षीत हुँदै जान थालेका छन् ।एउटै बोटमा ६ हजार देखि ८० हजार सम्ममा लिची उत्पादन हुने गरेको कृषकहरुको भनाई रहेको छ । लिचीका बोट मुनी कफी उत्पादन गर्न सकिने भएकाले किसानहरुले कफी खेती समेत सुरुवात गरेका छन् ।
सुरुमा गाउँमा दुई चार घरमा मात्रै लिची लगाएका त्यस स्थानका किसानहरु पछील्लो समयमा बजारमा बिक्री गर्न समस्या नभएपछी आकर्शीत भएका हुन् । लिची खेतीलाई ब्यवस्थित गर्नका लागि किसनाहरुले कलमी मार्फत बिरुवा उत्पादन गर्नका लागि तालिमको माग गरेपछी कृषि कार्यालयले त्यसको ब्यवस्था गरिदिएको किसानहरुको भनाई छ । तालिम लिएसँगै कलमी मार्फत बिरुवा उत्पादन गर्दै आएको संयोजक ज्ञवालीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।