सोनकलि थारु
२१ साउन, नवलपरासी । एन आइ सी एस्रीया बैक २० बर्ष प्रबेश गरेको अवसरमा आज सहिद बिष्णु पाण्डे स्मृति प्रतिस्थान बनकटटीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख अतित्थयता रहेको कार्यक्रममा बिशेष अतिथिहरुमा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम आर्याल, एन आइ सी एसीया बैकका क्षेत्रीय प्रमुख तिलक सुन्दर कार्की पत्रकार दिपक खनाल ,सहिद पत्नी भागीरथी पाण्डे ,प्रतिस्थानका सस्थापक अध्यक्ष लक्ष्मी प्रसाद पाण्डे ,सचिव दुर्गा सुबेदी लगायात सुनवल नगरका वडा न ५, १२ ,१३ का वडा अध्यष एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
राष्टब्यापी सामजिक उत्तरदायित्व मुलक काममा लागेको परिपेक्षमा लुम्बिनी अंचलमा हाम्रो रोजाइ यस प्रतिस्थान पारेकोले सबै साखाका प्रमुख एवम कार्मचारी भेला भइ बृक्षारोपण कार्यक्रम गरिएको भुमहि शाखाका शाखा प्रबन्धक दिपक आर्यालले बताउनुभयो । सो अवसरमा आप,अमला ,रक्तचन्दन हर्रो बर्रो अम्बा ,धुपी साल सिसौ लगायात १हजार बिरुवा रोपिएको छ ।कार्यक्रममा बोलदै प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले यस पबित्र स्थलमा बृक्षारोपण गर्नु सबैको सौभाग्य बताउदै बाताबरणको बारेमा बिश्व चिन्तीत रहेको बताउदै सुनवललाइ ग्रीनसिटी बनाउन बृक्षारोपण र संरक्षण महात्वपुर्ण कार्य रहेको र सुनवललाइ समृद्ध ब्यापारिक शाहर बनाउन बैंकहरुको उत्तिकै योगदान रहेको बताउनुभएको थियो । बृक्षारोपण पश्चात को हेरबिचारमा बैंकले मासिक रु १२ हजार दिनेगरी १ जना संरक्षक १ बर्षको लागि नियुक्ति गरेको पनि सोहि कार्यक्रममा जानकरी गराइएको थियो ।