सोनकलि थारु,
२१ साउन, नवलपरासी ।
नवलपरासीको जिल्ला प्रसासन कार्यलयको आयोजनामा सुनवल नगरपलिकामा आज बंशजका नाताले नेपाली नागरिकताको प्रमाणपत्र बितरण गर्न घुम्ती टोली संचालन भएको थियो । आज बिहान ८ बजेदेखि सुनवल नगर कार्यपालिकाको कार्यलय सुनवल ४ चौराहामा ,जिल्ला प्रसासन कार्यलय नवलपरासीबाट घुम्ति शिबिर संचालन भएको थियो । जस्मा २१५ जना १६ बर्ष उमेर पुगेका र हालसम्म नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेका नेपाली नागरिकहरुले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन ।सुनवल नगरपालिका क्षेत्रका बंशजका नाताले नेपाली नागरिकताको प्रमणपत्र प्राप्त गर्नका लागि १६ बर्ष उमेर पुगेका र हालसम्म नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेका नेपाली नागरिकहरुले सम्पर्क गर्न सुनवल नगरपालिकाले आग्रह गरेको थियो । नगरिकलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविरको आयोजना गरिएको थियो । विषेशगरि अहिले स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन कार्य भैरहेकाले त्यसलाई सहयोग पुगोस् र मतदाताको संख्या बृद्धि होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको थियो ।