काठमाडौँ (नेस) ।साहित्यकार डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’द्वारा सम्पादित ‘डा. बद्री पोख्रेल ः अक्षरदेखि अक्षरसम्म’ कृति सार्वजनि भएको छ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सङ्घर्षपूर्ण जीवन बाँच्ने जोकोही व्यक्तित्वहरुको जीवनी प्रकाशित गर्दा जीवनको प्रारम्भिक गोरेटोमा हिँडिरहेका व्यक्तिहरुका लागि यो कृति पढ्दा मार्गदर्शक हुने बताउनुभएको छ
उहाले भन्नुभयो— ‘यसका लागि कृतिनायक डा. बद्री पोख्रेल र कृति सम्पादक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ धन्यवादका पात्र हुनुहुन्छ ।’
कृतिमाथि समीक्षा गर्दे प्रा.डा. माधवप्रसाद पोखरेल , प्रा.डा. ऋषिराम पोख्रेल, प्रा.डा. मोहनप्रसाद तिमल्सिना, लेखक कृष्णमुरारि भण्डारी र साहित्यकार मोमिलाले पनि कृतिले दिन खोजेको सन्देशबारे उल्लेख गर्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो समारोहमा कृतिनायक डा. बद्री पोख्रेल र कृतिसम्पादक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले पनि कृति सम्पादन र प्रकाशनका उद्देश्यबारे बोल्नुभएको थियो भने डा. लेखप्रसाद निरौला र यादव भट्टराई पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।