सरिता चलाउने, सल्यान
सल्यानको कुमाख गाउँपालिकाले किशोरीहरुलाई स्यानेटेरी प्याड वनाउने शिप सिकाउन सिकाई अभियान थालेको छ । किशोरीहरुले महिनावारीको समयमा सरसफाईमा ध्यान नदिने, महिनावारीको समयमा वग्ने रगतको ब्यवस्थापन लागि आवश्यक पर्ने प्याड वनाउन तालिम सञ्चालन गरिएको छ ।
गाउँपालिका भित्र रहेका ८ मावि र २१ निम्न माध्यामिक विद्यालयमा कक्षा ६ देखि १० कक्षामा अध्यनरत १ हजार ६ सय ५२ किशोरी लाई प्याड वनाउने शिप सिकाईने कुमाख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिह वलीले वताउनु भयो । उहाले भन्नुभ यो यो वर्ष मध्ये यो वर्ष ३ सय ५८ जनालाई स्यानेटेरी प्याड निर्माणको शिप प्रदान गरिने छ ।
महिनावारी प्राकृतिक प्रक्रिया हो । तर यसलाई वुझने समाजमा रहेको परम्परागत मूल्य मान्यता र ब्यवहारले समस्या ल्याएको छ । यसलाई जनचेतना निर्माण गरे मात्र सहि ब्यवस्थापन गर्न सकिने भएकोले किशोरीहरुलाई शिपमूलक ज्ञान प्रदान गर्न अभियान नै सुरु गरेको कुमाख गाउँपालिका प्रमुख प्रसाकिय अधिकृत विनोद अधिकारीले वताउनु भयो ।
उहाले भन्नुभ यो किशोरीहरुलाई शिप हस्तारण गर्दा महिनावारी ब्यवस्थापनमा सहज हुन्छ ।
प्रजन्न स्वास्थ्य शिक्षा, शाररिरिक, मानसिक र संवेगात्मक अवस्थाको विश्लेषण र ब्यस्थापन गर्न किशोरी शिक्षा आवश्यक रहेको छ ।
किशोरावस्थामा उत्पन्न हुने प्राकृतिक परिवर्तनलाई सहि किसिमले ब्यवस्थापन गर्न किशोरी केन्द्रीत कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दिलमाया वुढा मगरले वताउनु भयो । उहाले भन्नुभ यो भयो जीवन उपयोगि शिक्षा दिएर महिनावारीलाई सहित ब्यवस्थापन गर्न सकिन्छ । यो समयमा आउने समस्यालाई न्यूनिकरण गर्न सकिन्छ ।
यहाँका सवै ठाउँमा स्यानेटेरी प्याड उपलब्ध हुदैन । भए को ठाउमा सर्वसाधारण पहुँचमा छैन । प्रयोग गर्ने चेतनाको अभाव छ । सहज पहँुच कपडा पाईने भएकोले प्याड निर्माण तालिम सञ्चालन गरिएको हो । एक पटक महिनावारी हुदा कम्तीमा पनि रु १ सय ५० रुपैया वरावरको स्यानेटेरी प्याड खर्च हुन्छ । गाउँमा वनाऊदा आफै भन्दा पैसाको पनि वचत हुन्छ ।
किशोरीले वनाएको स्यानेटेरी प्याडलाई पुर्न प्रयोग गर्न समेत सकिन्छ । एक पटक प्रयोग गरेको प्याड लाई सावुन पानी ले धोएर घाम सुकाई प्रयोग मा ल्याउन सकिने समेत सकिने कुमाख गाउँपालिका स्वास्थ्य प्रमुख मानसिह वलीको भनाई छ ।
सिकाईमा सहभागि छात्राहरुलाई खाजा र समाग्री समेत ब्यवस्था गरिएको छ । प्रत्येक वर्ष किशोरीहरुलाई स्यानेटेरी प्याड निर्माणका गर्ने शिप सिकाईने छ । सिप सिकाउन यो वर्ष १८ जना अनमीहरुलाई परिचालन गाउपालिकाले जनाएको छ । अभियान सुरु गर्नु पहिले अनमीहरुलाई तालिम दिइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।