काठमाडौं, (नेस)
धरान उपमहानगरपालिका–२ बाट असार ७ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा वेश धरानबाट खटिएको एपीएफ टोलीले सोही ठाउँ बस्ने २६ वर्षिय सुवास तामाङलाई पक्राउ गरेको हो ।
गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा निज तामाङको साथमा डाईजिपाम ७५ वटा, लुपिजेसीक ७४ वटा र एभिल ७२ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले रुपन्देहीको रोहेणी गाउँपालिका २ मैनिहवाबाट असार ७ गते विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको देवदह नगरपालिका ४ बस्ने २२ वर्षिय दिनेश चौधरी र नवलपरासी जिल्लाको सुनौल नगरपालिका ७ बस्ने २९ वर्षिय मनोजकुमार थापा क्षेत्री छन् ।
गस्तीमा खटिएको एपीएफ टोलीले लु. १६ प ९९२३ नम्बरको स्कूटरमा सवार निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ५ वटा र स्पामो ट्याब्लेट ५ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।