इलाम, (नेस)
कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्तलाई इलाम प्रहरीले पन्ध्र बर्षपछि पाँचथरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माइजोगमाई गाउँपालिका वडा नम्बर ३ का ४० बर्षिय खड्गबहादुर पुलामी मगर रहेका छन् । उनलाई पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो ।
२०६४ साल पुष १४ गते साबिक नयाँबजार गाविस वडा नम्बर ५ को जंगलमा भरुवा बन्दुकले शिकार खेल्ने क्रममा साविक नामसालिङ्ग गाविस वडा नम्बर १ बस्ने १४ बर्षिय बालकालाई गोलिको छर्राले लागेर गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि पुलामी फरार थिए ।
लामो समयदेखि फरार रहेर लुकिछिपि बस्दै आएका पुलामीलाई बिशेष सुराकिको आधारमा इलाम स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको टोलिले पाँचथर जिल्लाबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका मगरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर पुरयाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।