एजेन्सी । तूतीकाेरिन हिंसाकाे विषयलार्इ लिएर राज्य सरकार र प्रहरीकाे अालाेचना गर्ने भारतीय टेलिभिजन अभिनेत्री निलानीलार्इ प्रहरी गिरफ्तार गरेकाे छ । निलानीले अाफ्नाे फेसबुक पेजमा लाइभ भिडियाेमा तूतीकाेरिन हिंसाकाे बारे तामिलनाडु सरकार र प्रहरीकाे चर्काे अालाेचना गरेकी थिइन् ।
यस फेसबुक लाइभ भिडियाेमा निलानी प्रहरीकाे बर्दी मै देखिएकी छिन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले याे भिडियाे एक टेलिभिजन कार्यक्रमकाे छायांकन कै शिलशिलामा बनाएकी थिइन् । उक्त टेलिभिजन कार्यक्रममा उनले एक महिला प्रहरी अधिकारीकाे भूमिका निभाइरहेकी छिन् ।
समाचार अनुसार निलानीले याे भिडियाे तूतीकाेरिनमा प्रदर्शन गरिरहेका भीडमा प्रहरीले गाेली चलाएकाे केही बेरमा नै बनाइका थिइन् । सात मिनट १५ सेकेण्डकाे यस भिडियाेमा उनले भनेकी छिन्, ”तूतीकाेरिनमा प्रहरीद्वारा अाम प्रदर्शनकारीमाथि गाेली चलाएपछि प्रहरीकाे बर्दी पहिरिन पनि लाज र हीन्नता महसुस भइरहेकाे छ ।”
उनले भिडियाेमा भनेकी छिन्, ”सरकार तामिलनाडुका जनतालार्इ अातंकवादी सरह ब्यवहार गर्ने काेशिश गरिरहेकाे छ । हिम्मत हार्नु हुँदैन किन की सरकार अाफैले गल्ती गरिरहेकाे छ ।
यतिमात्र हाेइन उनले कर नतिर्न र सरकारी जागिरका बिरूद्ध बिद्राेह गर्न पनि उक्साएकी छिन् । टिलिभिजन कार्यक्रम सुटिङ गर्न नपरेकाे भए अाफू समेत तूतीकाेरिनकाे बिराेध प्रदर्शनमा सहभागि हुने भिडियाेमा उनले बताएकी छिन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।