बैसाख ११ । नवलपरासीको सुनवल नगरपालिकामा राप्रपाको पुर्ण समिती गठन भएको छ । पदम बहादुर खड्का संयोजक रहेको समितीको सह–संयोजकमा देवी घिमिरे र सचिवमा टंक प्रसाद अर्याल रहनु भएको सो पार्टीले जानकारी दिएको छ ।
जसको सदस्यहरुमा कर्ण बहादुर मल्ल, नारायण श्रेष्ठ,विमल भट्टराई , जिवलाल पाण्डे, दिल कुमारी वुढा र भविश्वर ढकाल रहेका छन । कार्यक्रम सचिव टंक प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।