नेपाल समाचारपत्र, पोखरा ।
बाबा फाउन्डेशन नेपालले पोखरा महानगरपालिका वडा नं. १६ मा रहेका तीन विद्यालयका ५ छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । स्थानीय अन्नपूर्ण पार्क कालीखोलामा मंगलबार पोखरा उपत्यका नगरविकास समितिका सदस्य गिरिराज गौतम र फाउन्डेशनका सचिव टंकराज अधिकारीले संयुक्तरुपमा छात्रछात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
शान्तिमावि कक्षा ६ का अध्ययरत एलिशा विक, विन्ध्यावासिनी मावि कक्षा नर्सरीमा अध्ययरत छात्र सन्दिप सुनार र एलकेजीमा अध्ययनरत एञ्जिला भट्टराई र नारायणी सामुदायिक आधारभूत विद्यालय कक्षा ३ मा अध्ययरत छात्र समिर गुरुङ र छात्रा नम्रता भट्टराईलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
शैक्षिक सामाग्री वितरण गर्दै पोखरा उपत्यका नगर विकासका सदस्य गिरिराज गौतमले बाबा फाउन्डेशनले बालबालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको बताए । उनले शैक्षिक सामाग्रीको वितरणबाट विद्यार्थीकोको हौसलामा अभिवृद्धि हुने धारणा राखे ।
बाबा फाउन्डेशनका सचिव टंकराज अधिकारीले बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्ने अभियान अन्तर्गत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको बताए । उनले फाउन्डेशनले विगत १० वर्षदेखि यस्तो अभियान जारी रहेको जानकारी दिंदै उनले अहिलेसम्म करिब एक हजार जना आर्थिक विपन्नतामा परेका बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए ।
कार्यक्रममा अभिभावकहरु भीमबहादुर गुरुङ, मैया सुनार, रुपा वि.क लगायतले शैक्षिक सामाग्रीको वितरणबाट आफूहरुलाई राहत मिलेको बताउँदै आगामी दिनमा पनि फाउन्डेशनको सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।