काठमाडौं । काठमाडौंको बौद्ध माकलबारीमा पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो ।
उनको शरीरमा कपडा छैन । टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए ।
खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् ।
मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरेको पोखरेलले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।