पोखरा । पोखराको मदरल्यान्ड मा. वि.का ७ जना विधार्थीले माध्यमिक शिक्षा परीक्षा एसइइ–२०७४ मा उच्च ग्रेड अंक (चार जिपिए) ल्याएका छ्न । मासवारस्थित मदरल्यान्ड माविका राजेश अधिकारी, प्रयास पौडेल, कृति बराल, सफल सुवेदी, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् ।
बिद्यालयका प्रिन्सीपल नारायण बरालले परीक्षाको यस प्रकारको नतीजा आउनुमा शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातारणनै प्रमुख कारण रहेको बताए । उनले उत्कृष्ट अङक ल्याएका विद्यार्थीलाई बधाई दिँदै बिद्यालयले स्थापनाकाल देखि नै यस प्रकारको सफलता हातपार्र्दै आएको बताए । संस्थापक निर्देशक त्रिभुवन शर्माले प्रवेशिका परीक्षाको सफलतापछि पहिले आफ्नो लक्ष्य निर्र्धारण गर्नुपर्ने अनि सो अनुरुप विषय र सङ्काय छान्नुपर्ने कुरामा जोड दिए । आफूलाई सहज र उपलब्धिमूलक लागेको माविमा अध्ययन गर्दा आशातीत नतिजा हाँसिल गर्न सकिन्छ भन्ने कुरा पनि व्यक्त गरे ।
बिद्यालयले ऐतिहासिक नतिजा हाँसिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई सोमबार दीक्षान्त गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाइ सम्मानपत्र, मेडल र खादा लगाइ सम्मान गरिएको थियो । दीक्षित विद्यार्थीका तर्फबाट छात्र विपिन तिमिल्सिनाले उच्च नतिजा प्राप्तिमा अहोरात्र खटिनुहुने शिक्षक तथा विद्यालय कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरेका थिए । मदरल्याण्डबाट २०७४ सालको एसईई परीक्षामा सम्मितिल कुल १५० जना विद्यार्थीमध्ये सात जना ४ जिपिए, १५ जना ३।९५ जिपिए, २७ जना ३।९ जिपिए सहित ११५ जना ए प्लस, २८ जना ए र ७ जना बी प्लसको ग्रेड हाँसिल गर्न सफल भएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।