काठमाडौं(नेस) । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई अमर्यादित शव्द प्रयोग गरी धम्की दिने कार्यमा संलग्न ललितपुर बागडोल बस्ने विनोद गौतम र नवलपरासी सुनवल नगरपालिका–४ का बिष्णु ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
न्यूज २४ टेलिभिजन मार्फत् प्रसारित “सीधा कुरा जनतासँग माथि परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शव्दहरु प्रयोग गरी पोष्ट र कमेन्ट गरी प्रेस काउन्सिल तथा पदाधिकारीलाई ज्यान मार्ने समेतका धम्की दिई त्यस्ता सामग्रीहरुको पोष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा विनोदलाई काठमाडौं टेकुबाट र विष्णुलाई नवलपरासीको सुनवलबाट महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई विद्युतीय कारोवार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।