नेपाल समाचारपत्रको मिति २०७५ असार ११ गते प्रकाशित ‘सिभिल होम्स डुब्ने खतरा’ शीर्षकको समाचारबाट हाम्रा ग्राहकमा केही अन्योल सिर्जना हुनसक्ने देखिएकाले सत्य तथ्यका लागि निम्नानुसार ध्यानाकर्षण प्रकाशनार्थ पठाइएको छः
१. सिभिल बैंक लि. को हाल केन्द्रीय कार्यालय बसेको भवन सडक विस्तारमा परेकाले उक्त बैंकले आह्वान गरेको टेन्डरमा सीटीसी मलका व्यक्तिगत खरिदकर्ताले बोलपत्र पस गरी विधिवत्रूपमा नेपाल राष्ट्र बैंकको स्वीकृतिबमोजिम बैंक उक्त मलमा सर्ने प्रक्रियामा रहेको।
२. सीटीसी मोबाइल बजारले सो मलका केही भाग बहालमा लिएकोमा सम्झौताबमोजिम कार्य सम्पादन नगरेपश्चात् कम्पनीले निजहरूसँग गरेको करार सम्झौताको शर्तअनुसार सम्झौता रद्द गरिएको।
३. प्रचलित कानुनबमोजिम सम्बद्ध सरकारी निकायबाट स्वीकृति एवं अनुगमन समेत भई कम्पनीले विभिन्न हाउजिङ परियोजना सञ्चालनमा ल्याएको। स्वीकृति दिने निकायको शर्त एवं घर जग्गा खरिदकर्तासँग भएको व्यक्तिगत करार सम्झौतामा उल्लेख भएबाहेकका अन्य पक्षमा कम्पनी कानुनी एवं व्यावहारिकरूपमा जवाफदेही हुन नसक्ने।
४. २०५।३।१ देखि ५ गते सम्म सञ्चालित सातौं घरजग्गा मेलामा सिभिल होम्सका घर सर्वाधिक बिक्री भएकाले यस प्रालिप्रतिको भरोसा र विश्वास कायम रहेको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।
५. प्लानिङ परमिटबमोजिमका हाउजिङ परियोजनाका सम्पूर्ण सुविधा करारका शर्तबमोजिम हुने गरी उपलब्ध गराइँदै आएको।
६. समाचारमा उल्लेख भएबमोजिमको कर्जाको रकम नरहेको।
७. सिभिल ग्रुप प्रालिप्रति आमनागरिकका साथै घरजग्गा खरिद कर्ताको विश्वास रहेको व्यहोरा सिभिल होम्सले बेला बखतमा आयोजना गर्ने कार्यक्रममा हुने गरेको उपस्थितिबाट समेत पुष्टि हुँदै आएको व्यहोरा जानकारीका लागि अनुरोध छ।
८. सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लि. का बचतकर्ता सदस्य समाचारबाट भयभित नभइदिनुहुन समेत हामी सबैमा हार्दिक अपिल गर्दछौं। साथै यस सहकारी संस्थाको कारोबार सदाभैंm चुस्त दुरुस्त रहेको जानकारीका लागि अनुरोध छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।