काठमाडौँ । यही असार २४ गते वितरण गरिने दोस्रो ओएसनेपाल म्युजिक अवार्डको अनलाइन भोटिङ्ग खुल्ला गरिएको छ । भोटिङ्ग मंगलबारदेखि खुला गरिएको हो ।
अर्वाडका संयोजक विवेक कार्कीका अनुसार ४० प्रतिशत एसएमएस भोटिङ्ग, ४० प्रतिशत ओएभ भोटिङ्ग, र २० प्रतिशत जुरीमा निर्भर रहेर आएको नतिजापछि मात्र सम्बन्धित विधामा उत्कृष्ट हुने स्रष्टालाई विजेता घोषणा गरिनेछ । अवार्ड वितरण राजधानीको जमलस्थित नाचघरमा असार २४ गते हुनेछ ।
नेपालकै सर्वाधिक विधामा वितरण गर्न लागिएको यो अर्वाडमा ७४ विधा समेटिएको छ । अनलाइन भोटिङ्ग गर्नका लागी यो लिंक क्लिक गर्नुपर्नेछ । लिंक क्लिक गरे लगत्तै आउने संकेत अनुसार सजिलै तपाईँले फेसबुकमा जिइन गरेर भोट गर्न सक्नुहुनेछ । स्मरण रहोस् एउटा अकाउन्टबाट एक भोट मात्र हुने छ भोटिङ्ग २४ शै घण्टा खुल्ला छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।