दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीमा जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको काम तिव्रताका साथ भईरहेको छ । म्याग्दी सदरमुकामसँग जोडिएको वारीबेनीमा खानेपानीको समस्यालाई समाधान गर्नका लागि रु. १२ करोड ४३ लाखको लागतमा सो आयोजना सुरुवात गरिएको छ ।
कालीगण्डकीको किनारमा थिग्राउने बीधिको माध्यमबाट पानी संकलन गरि १ सय ५० मिटर माथिको डाँडामा सोही पानी जम्मा गरि उपभोक्तालाई वितरण गरिने जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय पर्वतले जनाएको छ । स्थानीय उपभोक्ताको ३० प्रतिशत जनश्रमदान र नगद साथै कार्यालयको ७० प्रतिशत लगानीमा सो आयोजना संचालन भएको कार्यालयले जानकारी दिएको छ ।
आयोजनामा कालीगण्डकी नदीको किनारमा ‘स्लो स्याण्ड फिल्टर’ बीधि अपनाएर ३० मिटर गहिरो ट्याङ्कीमा पानी जम्मा गरिने भएको छ । सो पानीलाई २ वटा पम्पको माध्यमद्धारा रिजर्भ ट्यांकीमा पु¥याएर उपभोक्तालाई वितरण गर्ने गरि तयारी भएको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख प्रेम डोटेलले जानकारी दिनुभयो । निर्माणधिन आयोजनाको ८० प्रतिशत काम सम्पन्न भईसकेको बताईएको छ ।
१२ करोडमा नमुना योजना शुरु
बाँकी काम अगामी ६ महिना भित्रमा सकेर उपभोक्तालाई स्वच्छ पानी वितरण गर्ने गरि काम भईरहेको उपभोक्ता समितिका उपाध्यक्ष डिल बहादुर बरुवालले बताउनुभयो । नजिकै कालीगण्डकी भएर पनि हामी खानेपानीबाट बञ्चित भएका उपभोक्तालाई यो आयोजनाले राहत मिल्ने बरुवालले बताउनुभयो । ‘हामी नजिकै खोलो भएर पनि खानेपानी बिहीन भएर बसेका थिया’ैं बरुवालले भन्नुभयो ‘अब हामी खानेपानीको समस्याबाट चिन्तित हुनु नपर्ने गरि आयोजानको निर्माण गरिरहेका छौं ।’ खानेपानीको समस्या हँुदा स्थानीय ९ सय ५४ घर धुरीका उपभोक्ताहरु खोलाको अस्वस्थ पानी उपभोग गर्न बाध्य भएका थिए ।
आयोजनाको कुल लगायत १२ करोड ४३ लाख ७४ हजार रहेको छ । यसमा सरकारको ८ करोड ७० लाख ६२ हजार र उपभोक्ताको ३ करोड ७३ लाख १२ हजार सहभागिता छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९ सय ५४ घरधुरीका ६ हजार ५ सय उपभोक्ता लाभान्वित हुने बताईएको छ ।
निर्माणाधिन आयोजनाको पर्वतका प्रतिनिधी सभाका सांसद पदम गिरीले शिलान्याश गर्नुभयो । शिलान्याश कार्यक्रममा बोल्दै गिरीले पर्वत जिल्लाका सबै वडामा खानेपानीको समस्या समाधान गर्ने गरि दिर्घकालीन रुपमा काम भईरहेको बताउनुभयो । उहाँले आगामी ५ वर्ष भित्रका जिल्लाका सबै वडामा एक घर एक धारा मार्फत स्वच्छ खानेपानीको व्यवस्था गर्ने गरि केन्द्रबाट पहल भइरहेको बताउनुभयो । उहाँले केन्द्र सरकारबाट बजेटमा उचित व्यवस्था गर्न आँफू लागरिरहेको र ३ वटै तहसँगको समन्वयमा सबै जनताले स्वच्छ खानेपानी पाउने सुनिश्चितता गरिने बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।