ललित सिंह, बझाङ
गाउँपालिकाको बजेटमा भष्ट्चार गरेको भन्दै मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई तेल मुसो लगाएका छन ।
गाउँपालिकामा संञ्चालन गरिएको कृषि कार्यालयको तालिम समापन कार्यक्रमा पुगेका अध्यक्ष कठायतलाई तालिम हलमै नेपाल कम्युनिष्ट पार्टि बिप्लवका कार्य कर्ता आएर कालो मुसो दलेको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए ।
कडेलका अनुसार तेलमुसोमा संग्लन बिप्लब समुहका कार्यकर्तालाई प्रहरीले खोजि गरिरहेका छ । हामी अपराधिलाई कुनै हालतमा छोडने छैन । जनप्रतिनिधिलाई तेलमुसो लगाउने अप्रराधिलाई खोज्न घटनास्थल वरपर प्रहरी परिचालन गरिएको छ ।
आफुलाई बिप्लवका कार्य कर्ताले ठुलो झुटो आरोप लागएको र चन्दा नदिएकाले प्रतिसोध लिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतले बताए । उनले भने चार दिन देखि गाउँ परिषदको तयारीमा हामी जुटेका छु ।गाउँमा शान्ति सुरक्षा अभाव छ । कति खेर कसलाई के हुन्छ केहि भन्न सकिने अबस्था छैन ।
पाँच दिनमा दुई जनालाई कालोमुसो
जनताको बिकासी बजेट बाट कमिसन खाएको प्रशासनिक र्खच हिनामिना गरि तराईमा ४० लाख वरावरको घरेडी र जग्गा खरिद गरेकोले जनताको बिकासि बजेट खानेलाई हामीले सामुहिक रुपमा चेतना मुलक सजाए दिएको नेपाल कम्युनिष्ट पार्टि बिप्लवका जिल्ला कमिटि सदस्य काल शाहिले जानकारी दिए ।
उनले भने यो उदारण मात्र हो हामी अबको क्रान्ति बझाङ्ग बाट सुरु गर्ने तयारीमा छु । कुनै पनि भ्रष्टचारीलाई छोडिने छैन पहिले लुकेर घुसा खाने काम गर्छ अहिले जनप्रतिनिधिले खुलेरै घुस खान थालेको छन ।
बिप्लव समुहका कार्यकताले चार दिन अघि साईपाल गाउँपालिकाका नायब सुब्बालाइ गाउँपालिका जाने क्रम्मा भष्टचार गरेको आरोमा बिच बाटेमा तेलमुसो लगाएका थिए । अहिलेको अवस्थामा जिल्लका १२ वटै तहका जनप्रतिनिधीहरुलाई राजीनामाको माग माग्नुका साथै चन्दा माग्न माग राखिरहेका छन् अहिले सबै तहका प्रतिनिधिहरु नेकपा बिप्लब को क्रासमा बसिरहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।