काठमाडौं,(नेस) । यस वर्षको मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार शिक्षा पत्रकार संजाल नेपाल (इजोन) का अध्यक्ष एवं नया पत्रिकाका पत्रकार भवानीश्वर गौतमले प्रदान गरिएको छ ।
शिक्षा क्षेत्रको सुधारमा पत्रकारीताका माध्यमबाट उल्लेख्य कलम चलाएको भन्दै नयाँ पत्रिकाकर्मी भवानीश्वर गौतमलाई बिहिबार पुरस्कृत गरिएको हो । मदन भण्डारी मेमोरियल कलेजको १७ औं बार्षिक उत्सवका अवसरमा गौतमलाई सम्मान गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्राडा कमलकृष्ण जोशी संयोजक रहेको कमिटीले छनौट समितिले शिक्षा पत्रकार गौतमलाई सिफारिस गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्री डोरमणी पौडेलले सामाजिक र आर्थिक रुपान्तरणका लागि कामले गरेर देखाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
यस अघि बिभिन्न कारणले प्रदेश सरकारले काम गर्न नसकेको र अब गतिमा काम गर्नुपर्ने बताउनुभयो । उहाले मदन भण्डारी मेमोरियल कलेजको आफ्नै अलग पहिचान हुनुपर्ने बताउनुभयो ।
अन्य कलेज भन्दा अलग हुन सकेन भने यस्को गरिमा रहन्न , मदन भण्डारीको सपना पुरागर्न कलेजको स्थापना गरिए पनि भण्डारीका सपना पूरा गर्न नसकिएको उहाको भनाई थियो ।
कलेजका निमित्त क्याम्पस प्रमुख निरुजा फुयाँलले कलेजले गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध रहेको र त्यो बिभिन्न नतिजाले त्यसको पुष्टि समेत गरेको बताउनुभयो । सबैको सहयोगबाट कलेज चाडै विश्वविद्यालयको रुपमा स्थापित हुने उहाको भनाई थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।